Date

शनि, माघ ५, २०८१
Sat, January 18, 2025

६ महिनामा ३५४ परियोजना मार्फत पौने २६ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त, सबैभन्दा बढी पर्यटन उद्योगमा

६ महिनामा ३५४ परियोजना मार्फत पौने २६ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त, सबैभन्दा बढी पर्यटन उद्योगमा

काठमाडाैं, ५ माघ । चालु आर्थिक वर्षको ६ महिनामा ३५४ परियोजनाको लागि २५ अर्ब २७ करोड रूपैयाँ बराबरकाे विदेशी लगानी प्रतिबद्धता स्वीकृत भएकाे छ । यी ३५४ परियोजना मध्ये ३४५ साना, ५ मझौला र ४ वटा ठूला उद्योग रहेका छन्।

गत आवको सोही अवधिमा दुई सय २६ उद्योगमार्फत २२ अर्ब ३४ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको थियो । चालु चालु आर्थिक वर्षको यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता १५.४० प्रतिशतले बढेको उद्योग विभागले जनाएको छ ।यस वर्ष विदेशी लगानी हुने उद्योगहरूको संख्या पनि एक सय २८ वटाले बढेका छन् ।

६ महिनाको अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता १५७ वटा पर्यटनमूलक उद्योगको लागि करिब १७ अर्ब रूपैयाँको लगानी प्रतिबद्धता आएको छ भने अन्य सेवामूलक ४५ उद्योगको लागि पाँच अर्ब १५ करोड लगानी प्रतिबद्धता छ।

यता पुस महिनामा मात्र अटोमेटिक रूट र प्रत्यक्ष रूपमा गरी ३५ परियोजनाको लागि चार अर्ब ९९ करोड ९१ लाख रूपैयाँ बराबरको लगानी स्वीकृत गरिएको विभागले जनाएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x