सुनको भाउमा गिरावट, चाँदी स्थिर

काठमाडाैं, ७ माघ । नेपाली बजारमा सुनकाे भाउ घटेकाे छ । आइतबार प्रतितोला ८ सय रूपैयाँ घटेकाे सुनको भाउ यसदिन प्रतितोला १ सय रूपैयाँ घटेकाे हो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, साेमबार चाँदीको मूल्य स्थिर रहेकाे छ । आइतबार प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।