Date

बुध, माघ ९, २०८१
Wed, January 22, 2025

नेप्से ५२.३६ अंकले बढ्दा ९ अर्ब माथिकाे काराेबार

नेप्से ५२.३६ अंकले बढ्दा ९ अर्ब माथिकाे काराेबार

काठमाडौं, ९ माघ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ५२.३६ अंकले बढेको छ। आज सेयर बजार मापक नेप्से परिसुचक २ प्रतिशतले बढेर २ हजार ६ सय ६५ बिन्दुमा पुगेको छ ।

आज नेप्सेसंगै कारोबार रकम पनि बढेको छ । यस दिन १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर ९ अर्ब २० करोड ३० लाख ८८ हजारमा कारोबार भएको छ ।

हिजो १ कराेड १६ लाख २६ हजार २० कित्ता सेयर ६ अर्ब १९ कराेड १ लाख ४१ हजारमा काराेबार भएको थियो ।

आज कारोबार भएको बजारमा १९६ कम्पनीको सेयर मुल्य बढेको छ भन ३७ वटाको घटेको छ। यस्तै ९ सेयरको मूल्य स्थिर रहेको छ ।

यस दिन कर्पोरेट विकास बैंक लिमिटेड र डाेल्टि पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिन डेभलोपमेन्ट बैंकको सेयर मुल्य ९.८१ प्रतिशतले बढेको छ ।

यस्तै नेपाल फाइनान्सको मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज सबै समूहका उपसुचकहरू बढेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x