Date

बिहि, फाल्गुन ८, २०८१
Thu, February 20, 2025

अमेरिकाले राेक्याे नेपालमा एमसीसी अन्तर्गतका परियाेजनाकाे भुक्तानी

अमेरिकाले राेक्याे नेपालमा एमसीसी अन्तर्गतका परियाेजनाकाे भुक्तानी

काठमाडाैं, ६  फागुन । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले अन्तर्गतका आयोजनाहरुसँग सम्बन्धित सहयाेग राेकेकाे छ ।

एमसीसीले फागुन २ गतेकाे इमेलपत्र मार्फत नेपाल सरकार र उक्त निकायबीच २०७४ भदाै २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित ९० दिनका लागि भुक्तानी प्रकृया राेकिएकाे अर्थमन्त्रालयलृ जानकारी दिएकाे हाे ।

अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशनले मिति २०८१/११/२ गतेको इमेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित MCC Fund बाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएकाे छ ।

केही दिनअघि युएसएड अन्तर्गतका सबै सहयोग रोकेको अमेरिकाले अहिले मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको सहयोग पनि रोकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x