Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल-भारत अनुगमन संयन्त्रको छैठौ बैंठक सम्पन्न

नेपाल-भारत अनुगमन संयन्त्रको छैठौ बैंठक सम्पन्न

काठमाडौं, २ साउन ।  नेपाल – भारत अनुगमन संयन्त्रको छौठौं बैठक सम्पन्न भएको छ । आज राजधानीमा सम्पन्न बैठङ्कमा प्रधानमन्त्री के पी शर्मा ओलीको भारत भ्रमणका समयमा नेपाल भारत बीच भएका कार्यक्रम परियोजना कसरी अगाडी बढाउने तीनको अवस्थाका सम्वन्धमा छलफल भयो । परराष्ट्र सचिव शंकरदास बैरागी र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले सहअध्यक्षता गरेको उक्त बैठकमा द्विपक्षीय आर्थिक तथा विकास परियोजना कार्यान्वयन प्रगतिको समीक्षा भएको थियो । बैठकले नेपालमा जारी नेपाल–भारत द्विपक्षीय परियोजनाको वर्तमान अवस्थाबारे छलफल हुनाका साथै सबै परियोजनालाई निर्धारित समयमै पूरा गर्न दुवै देशका सम्बन्धित निकायले आवश्यक सहयोग गर्दै सहजकर्ताको भूमिका निर्वाह गर्ने निश्कर्ष निकालेको छ ।

मुख्यतयया बैठक नेपाल भारत रेल सेवा, संयुक्त्त जाँच चौकी. हुलाकी राजमार्ग ट्रन्मसिसन लाइन र अरुण तेस्रो परियोजना लगायत जुन पछिल्लो पटक प्रधानमन्त्री के पी शर्मा ओलीको भारत भ्रमणका सम्वन्ध समझादरी भएका परियोजना कसरी अगाडी बढाउने विषयमा केन्द्रित भएको भारतीय दुतावासद्धारा जारी विज्ञाप्तिमा जनाइएको छ । बैठकमा दुवै पक्षहरु ती परियोजनाहरु समयतालिका बनाएर तोकिएकै समय भित्र कार्यन्वयको गति दिन सहमत भएका छन् । अनुगमन सयन्त्रको सातौ बैठकको स्थान र  समय भने पछि तय गरिने छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x