Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

कृषि तथा वन क्षेत्रमा बैंक तथा वित्तिय संस्थाकाे ३ खर्ब ६० अर्ब ३४ कराेड लगानी

कृषि तथा वन क्षेत्रमा बैंक तथा वित्तिय संस्थाकाे ३ खर्ब ६० अर्ब ३४ कराेड लगानी

काठमाडौं, १८ फागुन । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्त सम्मा कृषि तथा वन क्षेत्रमा बैंक तथा वित्तिय संस्थाकाे लगानी ३ खर्ब ६० अर्ब ३४ कराेड रूपैयाँ पुगेकाे छ ।

यस अवधिमा कृषि तथा वन क्षेत्रमा वाणिज्य बैंकहरूकाे लगानी ३ खर्ब २१ अर्ब १४ कराेड रूपैयाँ, विकास बैंकहरूकाे लगानी ३२ अर्ब ११ कराेड रूपैयाँ र फाइनान्स कम्पनीकाे ७ अर्ब ८ कराेड रूपैयाँ पुगेकाे छ ।

बैंक तथा वित्तिय संस्थाहरूले यस क्षेत्रमा गर्ने लगानी वर्षेनी बढ्दै गएकाे छ । आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तिय संस्थाहरूले यस क्षेत्रमा गरेकाे लगानी ३ खर्ब ३६ अर्ब १८ कराेड रूपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ३ खर्ब ६९ अर्ब ६२ कराेड  रूपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा ३ खर्ब ६३ अर्ब ८८ कराेड रूपैयाँ लगानी पुगेकाे छ ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरूले यस क्षेत्रमा गरेकाे लगानी २ खर्ब ९९ अर्ब ९८ कराेड रूपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ३ खर्ब ३० अर्ब ८ कराेड रूपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा ३ खर्ब २३ अर्ब ९४ कराेड रूपैयाँ लगानी पुगेकाे छ ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा विकास बैंकहरूले यस क्षेत्रमा गरेकाे लगानी २९ अर्ब ९१ कराेड रूपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ३२ अर्ब ९३ कराेड रूपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा ३२ अर्ब ११ कराेड रूपैयाँ लगानी पुगेकाे छ ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा फाइनान्स कम्पनीहरूले यस क्षेत्रमा गरेकाे लगानी ६ अर्ब २८ कराेड रूपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ६१ कराेड रूपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ७२ कराेड रूपैयाँ लगानी पुगेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x