Date

बुध, जेष्ठ २८, २०८२
Wed, June 11, 2025

नेप्सेमा उच्च अंककाे वृद्धि, उत्पादन तथा प्रसाेधन समुहमा झुम्मिए लगानीकर्ता

नेप्सेमा उच्च अंककाे वृद्धि, उत्पादन तथा प्रसाेधन समुहमा झुम्मिए लगानीकर्ता

काठमाडाैं, १८ फागुन । आइतबार शेयर बजार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ७५ दशमलव २४ अङ्कले बढेर २ हजार ८ सय ९० दशमलव २८ विन्दुमा पुगेको छ ।

यस दिन २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर १४ अर्ब २५  करोड ४ लाख ७५ हजारमा कारोबार भएको छ । गत बिहिबार २२ करोड ६१ लाख कित्ता शेयर ११ अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएकाे थियाे ।

आज कारोबार भएको बजारमा १९६ कम्पनीको सेयर मुल्य बढेको छ भने ४४ वटाको घटेको छ । यस्तै ४ सेयरको मूल्य स्थिर रहेको छ ।

यस दिन हिमालयन डिस्टिलरी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंक लिमिटेड र दोर्दी खोला जल विद्युत कम्पनी लिमिटेडकाे सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।

आज सर्वाधिक उत्पादन तथा प्रसाेजधन समूह ४.७९ प्रतिशत, जिवन विमा समूह ४.३१ प्रतिशत, फाइनान्स समूह ४.२८ र हाेटल तथा प्रर्यटन समूह ४.१४ प्रतिशतले बढेकाे छ भने म्युचुअल फण्ड समूह १.२७ प्रतिशतले घटेकाे छ ।

यस्तै आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *