Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम, चाँदीको मूल्यमा घटबढ

नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम, चाँदीको मूल्यमा घटबढ

काठमाडाैं, ६ चैत्र । नेपालको सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (बुधबार) सुनको मूल्यले पुनः नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार दुई सय रूपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा आठ सय रूपैयाँ बढी हो ।

मंगलबार पनि सुनको मूल्य एक लाख ७५ हजार दुई सय रूपैयाँ पुगेको थियो । यसरी, लगातार दुई दिन सुनको मूल्यमा वृद्धि भइ नयाँ उच्चतम मूल्यको रेकर्ड कायम भएको हो।

विपरीत रूपमा, बुधबार चाँदीको मूल्यमा घटबढ भएको छ । चाँदीको मूल्य यस दिन प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको मूल्य दुई हजार ५० रूपैयाँभन्दा पाँच रूपैयाँ कम हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *