Date

बुध, चैत्र ५, २०८१
Wed, March 19, 2025

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको तरलता तान्ने घोषणा

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको तरलता तान्ने घोषणा

काठमाडाैं, ६ चैत्र । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्नका लागि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँको तान्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले निक्षेप संकलनमार्फत उक्त रकम तान्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्ने जानकारी दिएको छ । साथै, साँवा र ब्याज भुक्तानी मिति चैत्र २७ गते निर्धारण गरिएको छ । ब्याजदर भने बोलकबोलको आधारमा तय हुनेछ । बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोड रकमको माग गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x