Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

नेपाल बैंक लिमिटेडको ६५ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं, ७ चैत्र । आज मिति २०८१ चैत्र ६ गते बुधबारका दिन नेपाल ए.पि.एफ. क्लब, हलचोक, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीज्यूको अध्यक्षतामा बैंकको ६५ औं वार्षिक साधारण सभा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गर्दै सम्पन्न भएको छ ।

त्यस्तै, सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत सर्वसम्मतरूपमा पारित गरेको छ । बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका समेत रहेकोमा सम्मानित उच्च अदालत, पाटनको मिति २०८१ चैत्र ५ गतेको अल्पकालिन अन्तरिम आदेशबाट रोकिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *