Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नवलपरासी र चितवनमा आइएमई जनरल इन्स्योरेन्स दुई शाखा थपिए

नवलपरासी र चितवनमा आइएमई जनरल इन्स्योरेन्स दुई शाखा थपिए

काठमाडौं,१० साउन ।   आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जीवन चितवनको रत्ननगर टांडी र नवलपरासीको कावासोतीमा थप दूई शाखा कार्यालयहरु स्थपना गरेको छ  । चितवनको रत्ननगरमा रहेको शाखाको उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गर्नुभयो । त्यसैगरी कावासोती शाखा कार्यालयको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गर्नु भएको थियो ।

समारोहमा स्थानिय उद्योगी, व्यापारी, व्यावसायीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराउनुभयो । कम्पनीको आज उद्घाटन भएको शाखाहरु  सहित ४० वटा शाखा २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु सहित ५२ स्थानबाट  सेवाग्राहीहरुलाई प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x