Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

गण्डकी प्रदेश प्रमुखको कार्यालयद्धारा खर्च विवरण सार्वजनिक

गण्डकी प्रदेश प्रमुखको कार्यालयद्धारा खर्च विवरण सार्वजनिक

काठमाडौं,१० साउन ।  गण्डकी प्रदेश प्रमुखको कार्यालयले गता आर्थिक वर्ष २०७४÷७५ को खर्च विवरण सार्वजनिक गरेको छ ।प्रदेश प्रमुखको कार्यालयले गएको माघदेखि असारसम्मको छ महिने खर्च विवरण बुधबार सार्वजनिक गरेको हो । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरको निर्देशनमा सुशासन खर्च विवरण सार्वजनिक गरिएको कार्यालयका लेखा अधिकृत पदमराज बरालले जानकारी दिनुभयो ।

लेखा अधिकृत बरालका अनुसार रु दुई करोड ७४ लाख ८८ हजार प्रदेश प्रमुखको कार्यालयलाई विनियोजन गरिएकोमा विभिन्न शीर्षकमा रु एक करोड ९१ लाख दुई हजार ४४१ खर्च भएको छ ।उक्त विनियोजित रकममध्ये रु ८३ लाख ८५ हजार ५५९ फ्रिज भएको छ भने कार्यालयले ६९.४९ प्रतिशत रकम मात्रै खर्च गरेको उहाँले उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुखको कार्यालयलाई चालू खर्चमा रु एक करोड ६४ लाख ८८ हजार वार्षिक बजेट विनियोजन गरिएकोमा रु ८८ लाख ८ हजार १०७ खर्च भएको थियो । चालू खर्चमा रु ७६ लाख ७९ हजार ८९३ फ्रिज भएको छ भने ५३.४२ प्रतिशत रकम मात्रै खर्च भएको उहाँले जानकारी दिनुभयो । पूँजीगत खर्चतर्फ रु एक करोड १० लाख विनियोजन भएकोमा रु एक करोड दुई लाख ९४ हजार ३३४ खर्च भएको छ । सात लाख रु पाँच हजार ६६६ फ्रिज हुँदा पूँजीगततर्फ भने ९३.५८ प्रतिशत रकम खर्च भएको हो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x