नेको इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं, ११ वैशाख । नेको इन्स्योरेन्सको आर्थिक वर्ष २०८०र८१ का लागि लाभांश घोषणा गरिएको छ।
कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त निर्णय नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगाामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण हुनेछ।