Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

कम्पनी बन्द गरेर इजाजतपत्र सरकारलाई  बुझाउने वैंदेशिक रोजगार व्यवसायीको चेतावनी

कम्पनी बन्द गरेर इजाजतपत्र सरकारलाई  बुझाउने वैंदेशिक रोजगार व्यवसायीको चेतावनी

काठमाडौं,१७ साउन ।  सरकारले बैदेशिक रोजगार ब्यवासयाको लागि कम्पनी इजाजतको धरौटी रकम ६ करोड पुर्याउने प्रस्ताव गरेसँगै बैदेशिक रोजगार ब्यवसायीहरुले धरौटी रकम चर्को भएको भन्दै कम्पनी बन्द गरेर इजाजतपत्र सरकारलाई  नै बुझाइदिने चेतावनी दिएका छन् ।

राजधानीमा सम्पन्न ब्यवसायीहरुको बृहत् भेलाम उनिहरुले सरकारले ६ करोड रुपैयाँ धरौटी रकम पुर्याएर वैदेशिक रोजगार व्यवसाय नै ध्वस्त बनाउन चाहेको भन्दै त्यसलाइ धान्न नसिकिने  भन्दै प्रस्ताव  फिर्ता लिन आग्रह गरे ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारले व्यवसायीको भावनाविपरीत काम गरे आफ्ना लाइसेन्स बुझाएर म्यानपावर कम्पनीहरू बन्द गरिने जानकारी दिदै सरकारको प्रस्ताव फिर्ताका लागि दबाब दिन ५१ सदस्य संघर्ष समिति गठन भएको बताए ।

समितिले आगामी ७ दिनभित्र धरौटी रकम बढाएर ६ करोड पु¥याउने प्रस्ताव फिर्ता गर्न अल्टिमेटम दिएको छ  । सरकारले गरेको यस्तो प्रस्तावको विरोधमा व्यवसायीले पूर्व श्रम स्वीकृतिका सबै काम ठप्प गरी कामदार विदेश पठाउने कार्य नै बन्द गर्ने चेतावनी दिएका छन् ।

इजाजत पत्र सरकालइ बुझाउ कम्पनीका १ लाख २० हजार कामदार जिम्मा पनि सरकारले नै लिन्छ  ।‘१० हजार सेवा शुल्क उठाएर कसरी ६ करोडको धरौटी राख्न सकिन्छ बैदेशिक रोजगार ब्यवासाय संघका अध्यक्ष रोहन गुरुङ्गले भने ।

व्यवसायीले वर्तमान सरकारले वैदेशिक रोजगारीबारे निर्णय गर्दा आफ्नो संघसँग कुनै छलफल नगरेको र निर्णय कार्यन्वन भए नेपाली श्रमिकको रोजगारीको विकल्प सबै गुम्ने अवस्था आउन चेतावनी समेत दिएका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x