Date

शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

सरकारद्वारा दमनको राजनीति गरिँदै: राजेन्द्र लिङ्देन

सरकारद्वारा दमनको राजनीति गरिँदै: राजेन्द्र लिङ्देन

काठमाडौँ, २ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले विपक्षी आवाज दबाउन दमनको राजनीति गरेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभाको आकस्मिक बैठकमा बोल्दै लिङ्देनले संविधान उल्लंघन गर्दै सरकार विपक्षी विचारप्रति असहिष्णु भएको दाबी गरे।

उनले रविन्द्र मिश्र लगायतका राजनीतिक कार्यकर्ताहरूलाई अमानवीय तरिकाले हिरासतमा राखिएकोप्रति आपत्ति जनाउँदै उनीहरूलाई विचार भिन्नताको आधारमा मात्र पक्राउ गरिएको आरोप लगाए। लिङ्देनले राप्रपा निकट युवा लोकतान्त्रिक संघका अध्यक्षलाई साइबर ब्यूरोद्वारा पक्राउ गरिएको घटना उल्लेख गर्दै सरकार नियोजित रूपमा दमनको अभ्यासमा लागेको दाबी गरे।

यदि सरकारले विपक्षी आवाज दबाउने नीति औपचारिक रूपमा अंगाल्ने हो भने राप्रपा विद्रोहको बाटो रोज्न बाध्य हुने चेतावनी उनले दिए। लिङ्देनले सरकारका कदमलाई मानव अधिकार, संवैधानिक सिद्धान्त र लोकतान्त्रिक अधिकारहरूको उल्लंघनको संज्ञा दिँदै कडा आपत्ति प्रकट गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *