Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

चन्द नेतृत्व नेकपाका प्रवक्ता प्रकाण्डलाई चन्दा ऐनअनुशार मुद्धा

चन्द नेतृत्व नेकपाका प्रवक्ता प्रकाण्डलाई चन्दा ऐनअनुशार मुद्धा

काठमाडौँ, २४ साउन ।  महानगरीय प्रहरी परिसर काठमाडौँले नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई प्रकाउ गरि चन्दा ऐन २०३० बमोजिम मुद्धा दर्ता गरेको छ ।

पार्टीका  प्रवक्ता एवं पूर्वमन्त्री समेत रहेका विश्वकर्मा (प्रकाण्ड)सहित तीन जनालाई  मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा१४प २७२९नं को सवारी साधन चेकजाँचका क्रममा कालीकोटका प्रकाण्डसहित कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालीकोटकै हरिचन्द्र आचार्यलाई मंगलबार पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले विभिन्न उद्योगपति, व्यवसायीसँग अवैध रुपमा रु सात करोडभन्दा बढी चन्दा असुल गरेको भन्दै पक्राउ गरिएको जानकारी दिएका छन् ।

प्रकाउको विरोधमा नेपाल बन्द घोषणा 

यसै बीच सो पार्टीले उनिहरुको रिहाइको माग गर्दै नेपाल बन्द सम्मका कार्यक्रम सार्वजनिक गरेको छ । महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधबार विज्ञप्ति जारी गरी राजनीतिक विचारका आधारमा गरिएको गिरफ्तारी बन्द गर्न र पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्न माग गरेका छन् । सरकारले एकपछि अर्को गर्दै राजनीतिक अधिकारमाथि प्रतिबन्ध लगाएको भन्दै लोकतन्त्रवादीहरुले यसको विरोध गर्नुपर्ने विप्लवले उल्लेख गरेका छन् ।आफ्नो पार्टी अपुरो राजनीतिक अधिकार पूरा गर्ने अभियानमा रहेको भन्दै यस अभियानलाई कुल्चने, दमन गरेर सिध्याउने सपना नदेख्न पनि विज्ञप्तिमा चेतावनी दिइएको छ । सो दलले साउन २५ गते देशब्यापी कोणसभा, २६ गते विरोधसभा, साउन २७ गते मशालजुलुस, साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ ।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x