Date

मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

भोजपुरका कैलाश पर्वत र हरित डाँडालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल

भोजपुरका कैलाश पर्वत र हरित डाँडालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल

काठमाडाैं, ६ जेष्ठ । भोजपुर जिल्लाका प्रमुख पर्यटकीय स्थलहरू कैलाश पर्वत र हरित डाँडाको प्रवर्द्धन तथा संरक्षणको कार्य तीव्र रूपमा अघि बढाइएको छ। यस अभियानको उद्देश्य ती डाँडाहरूलाई जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नु हो।

अरुण गाउँपालिका–७ स्थित सिक्रेटारमा अवस्थित यी डाँडाहरूमा पछिल्ला समयहरूमा आन्तरिक पर्यटकहरूको उल्लेख्य आगमन देखिएको छ। गाउँपालिका–७ का वडाध्यक्ष कुमार थापाले ती स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न योजना सहितको कार्य अघि बढिरहेको जानकारी दिए।

उनका अनुसार पर्यटकहरूको सुविधाका लागि पदमार्ग निर्माण लगायतका भौतिक पूर्वाधार निर्माणको कार्य भइरहेको छ। यस कार्यमा प्रदेश सरकारले समेत सहयोग पुर्याउँदै आएको वडाध्यक्ष थापाले बताए।

वडाध्यक्ष थापाले कैलाश पर्वत, हरित डाँडा, गौरीशंकर मन्दिर र सिङ्गादेवी मन्दिरलाई समेटेर समग्र पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने योजना रहेको जानकारी पनि दिए।

स्थानिय बासिन्दाहरूले स्थानीय सरकारको यस प्रयासको प्रशंसा गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आगमन थप बढ्ने विश्वास व्यक्त गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *