Date

मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

प्रतिनिधि सभाको बैठक आज ११ बजे, प्रधानमन्त्री ओलीले प्रश्नहरूको जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज ११ बजे, प्रधानमन्त्री ओलीले प्रश्नहरूको जवाफ दिने

काठमाडाैं, ६ जेष्ठ । प्रतिनिधि सभाको बैठक आज (जेठ ७ गते, सोमबार) बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ। बैठकको तयारी पूरा भएको संसद सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधि सभा नियमावली, २०७९ को अध्याय ९ अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

साथै, सोही बैठकमा पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेश गर्नेछन्। यो जानकारी संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले दिएका हुन्।

त्यसैगरी, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले “भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८२” लाई विचारार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *