ग्वार्को ओभरपासको कामले गति लियो, जेठमै काम सक्ने दाबी

काठमाडौं, १० जेष्ठ । ललितपुरको ग्वार्कोमा ओभरपासको कामले गति लिएको छ । जेठ मसान्तसम्म काम सक्नेगरी धमाधम काम भइरहेको निर्माण कम्पनीको दाबी छ ।
सुरु सम्झौताअनुसार ओभरपास निर्माण तोकिएको म्याद सकिएर पनि एक वर्ष म्याद थप हुँदा काम गर्दा पनि काम पूरा नभएकाले सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट जरिवाना तिराएर काम गराइरहेको छ ।
निर्माण कम्पनीले जेठभित्रै दुवैतर्फको ¥याम्प अर्थात फ्लाइओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको संरचनामा कालोपत्रे सकिने र लगत्तै गाडी गुडाउने तयारी गरेको छ ।
ठेकेदार कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले फ्लाइओभरको कोटेश्वरतर्फको ¥याम्पमा बिहीबारदेखि प्राइम कोट बिछ्याउन सुरु गरेको छ ।सातदोबाटोतर्फको¥याम्पमा भने ग्राभेल गरेर ‘बेस कोर्स’ बनाउने काम भइरहेको छ ।ओभरपाससम्पन्नगर्न१७करोड६लाख८८हजारमाठेक्कालागेकोहो।
सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी कम्पनीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो ।
ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन ओभरपासबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् ।