Date

बिहि, जेष्ठ २२, २०८२
Thu, June 5, 2025

बारा कलैयास्थित यातायात कार्यालयले १० महिनामा ८ करोडभन्दा बढी राजस्व संकलन

बारा कलैयास्थित यातायात कार्यालयले १० महिनामा ८ करोडभन्दा बढी राजस्व संकलन

काठमाडाैं, १२ जेष्ठ । कलैयास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्षको पहिलो १० महिनामा उल्लेखनीय राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख अविन्दर दासका अनुसार, कार्यालयले मे महिनाको पहिलो सातासम्ममा कुल ८ करोड २१ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको हो। उनका अनुसार, पछिल्लो १० महिनामा कार्यालयले मासिक औसत ६१ लाख रुपैयाँ राजस्व संकलन गरिरहेको छ।

सबैभन्दा धेरै राजस्व सवारी दर्ता शीर्षकबाट संकलन गरिएको छ। हालसम्म सवारी दर्ताबाट ३८ लाख रुपैयाँ राजस्व उठाइएको छ। त्यसैगरी, नयाँ ड्राइभिङ लाइसेन्स स्वीकृति प्रक्रियाबाट १६ लाख ९० हजार रुपैयाँ, र थप ड्राइभिङ लाइसेन्स स्वीकृति शीर्षकमा २८ लाख ४० हजार रुपैयाँ संकलन गरिएको छ।

नयाँ ड्राइभिङ लाइसेन्स दर्ताबाट ८३ लाख ७० हजार रुपैयाँ संकलन गरिएको छ भने, थप लाइसेन्स दर्ता अन्तर्गत ३३ लाख रुपैयाँ राजस्व उठाइएको छ। लाइसेन्स नविकरणको शीर्षकमा २७ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

यस्तै गरी, विभिन्न सवारीसाधनसम्बन्धी सेवाबाट ८ लाख २८ हजार ९५० रुपैयाँ, आयकर शीर्षकमा ८ लाख ६० हजार ५२५ रुपैयाँ र अन्य विभिन्न स्रोतहरूबाट ३९ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *