विपक्षीहरुको नाराबाजीपछि आज पनि संसद बैठक स्थगित

काठमाडौं, १४ जेष्ठ । झण्डै दुई घण्टा ढिला गरी सुरु भएको प्रतिनिधिसभाको बैठकमा नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टीसहित विपक्षी दलका सांसदहरुले उठेर विरोध गरेपछि बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले पटकपटक आग्रह गरेपनि उनीहरुले आसन ग्रहण नगरेपछि आजै बस्नेगरी बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागलाई निरन्तरता दिने निष्कर्ष निकालेका छन् ।
तर, त्यो मान्न सत्ता पक्ष तयार छैन । आजै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्तासमेत भएको थियो। उक्त भेटवार्तापछि गृहमन्त्री लेखकले संसदमा बोल्ने निष्कर्ष निकालेको थियो।