Date

बिहि, जेष्ठ १५, २०८२
Thu, May 29, 2025

ओली–प्रचण्ड टेलिफोन संवाद, संसद्‍को अवरोध खुलाइदिन ओलीको आग्रह

ओली–प्रचण्ड टेलिफोन संवाद, संसद्‍को अवरोध खुलाइदिन ओलीको आग्रह

काठमाडौँ, १४ जेष्ठ । प्रतिपक्ष दलले संसद अवरुद्ध पार्ने थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर गृहमन्त्रीलाई संसदमा बोल्न दिने वातावरण बनाउन आग्रह गरेका छन्।

प्रतिपक्ष दलको बैठक बसिरहेका बेला प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर संसदमा गृहमन्त्रीलाई बोल्ने वातावरण बनाउन सहयोगको याचना गरेका हुन्। तर जवाफमा प्रचण्डले गृहमन्त्रीलाई राजीनामा गराउनुस् र गृहमन्त्रीमाथि उठेको विषयमा तपाईंले जवाफ दिनुस् भन्ने जवाफ फर्काएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस एमाले शीर्ष नेताहरुबीचको छलफलले गृहमन्त्रीले राजीनामा नदिने निर्णय गरेको थियो। त्यस लगत्तै बसेको प्रतिपक्ष दलको बैठकले संसद अवरोध गर्ने गरी छलफल गरेको थियो। विपक्षी दलको बेठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेको बैठकमा सहभागी माओवादी सांसद माधव सापकोटाले जानकारी दिए।

‘प्रधानमन्त्रीजीले अध्यक्ष (प्रचण्ड) लाई फोन गर्नु भएको थियो। प्रधानमन्त्रीले संसदमा गृहमन्त्रीलाई बोल्ने वातावरण बनाउनु सहयोग आग्रह गर्नु भयो। जवाफमा अध्यक्षले गृहमन्त्रीको राजीनामा गराउनुस्, त्यसपछि गृहमन्त्रीमाथि उठेका प्रश्नको जवाफ तपाईंले दिनुस् भन्नु भयो,’ प्रधानमन्त्री र प्रचण्डबीच भएको फोन संवाद उद्धृत गर्दै सापकोटाले  भने।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरुले संसद अवरोध गर्दै आएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *