न्युजिल्याण्डका उपप्रधानमन्त्री विन्स्टन पिटर्स दुईदिने नेपाल भ्रमणमा काठमाडौं आइपुग्दै

काठमाडाैं, १४ जेष्ठ । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स दुईदिने औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाडौं आइपुगेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार उपप्रधानमन्त्री पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
आज साँझ उनको सम्मानमा नेपालका परराष्ट्रमन्त्री डा. अर्जुना राणा देउवाले द्विपक्षीय बैठक आयोजना गर्नेछिन्, जसपछि संयुक्त पत्रकार सम्मेलन हुनेछ। बैठकपछि परराष्ट्रमन्त्री देउवाले उपप्रधानमन्त्री पिटर्सको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्ने कार्यक्रम छ।