Date

शुक्र, जेष्ठ १६, २०८२
Fri, May 30, 2025

नेपाली बजारमा चार नयाँ इलेक्ट्रिक गाडी: महिन्द्राको ‘बीई ६’ र ‘एक्सयूभी ९ई’, एमजी विन्डसर, बीवाइडी सिलायोन र फोर्थिङ फ्राइडे भित्रिए

नेपाली बजारमा चार नयाँ इलेक्ट्रिक गाडी: महिन्द्राको ‘बीई ६’ र ‘एक्सयूभी ९ई’, एमजी विन्डसर, बीवाइडी सिलायोन र फोर्थिङ फ्राइडे भित्रिए

काठमाडाैं, १४ जेष्ठ । नेपाली अटो बजारमा विद्युतीय गाडी (ईभी) प्रतिको आकर्षण तीव्र गतिमा बढ्दै जाँदा प्रमुख अटो ब्रान्डहरूले आफ्ना नयाँ–नयाँ मोडलहरू नेपाल भित्र्याउन थालेका छन्। हालै मात्र महिन्द्रा, बीवाइडी, एमजी र फोर्थिङ ब्रान्डका आधिकारिक वितरक कम्पनीहरूले अत्याधुनिक चारवटा इलेक्ट्रिक एसयूभी नेपाली बजारमा भित्र्याएका छन्।

यी गाडीहरू केही दिनअघि मात्र नेपाल भित्रिएका हुन् र आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने ‘नाइमा नेपाल मोबिलिटी एक्सपो’ मा प्रदर्शनमा राख्ने योजना बनाइएको छ। एक्सपो नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गर्दैछ।

महिन्द्राका दुई नयाँ एसयूभी: ‘बीई ६’ र ‘एक्सयूभी ९ई’

महिन्द्राको नेपाली आधिकारिक वितरक अग्नि इन्कर्पोरेटले दुई नयाँ इलेक्ट्रिक एसयूभी ‘बीई ६’ र ‘एक्सयूभी ९ई’ नेपाल ल्याएको छ। भारतीय बजारमा निकै चर्चित यी मोडलहरूमा ९९ किलोवाटको मोटर जडान गरिएको छ भने ‘एक्सयूभी ९ई’को उच्च भेरियन्टमा १९९ किलोवाटको मोटर विकल्प पनि उपलब्ध छ।

यी मोडलमा एलएफपी (लिथियम फल्फेट) ब्याट्री प्रयोग गरिएको छ, जुन टिकाउ र सुरक्षित मानिन्छ। ‘बीई ६’ मा ५९ र ७९ किलोवाट क्षमताका ब्याट्री प्याक छन्, जसले क्रमशः २३१ एचपी र २८६ एचपी पावर तथा ३८० एनएम टर्क दिन्छन्। यी गाडीहरू ०–१०० किमी प्रतिघण्टा गति ६.७ सेकेन्डमै लिन सक्छन्।

महिन्द्राले अत्याधुनिक १७५ किलोवाट क्षमताको अल्ट्रा–फास्ट चार्जरमार्फत २० मिनेटमै २०–८०% चार्ज गर्न सकिने बताएको छ। ‘बीई ६’ को सिंगल चार्ज रेञ्ज ६८२ किलोमिटर र ‘एक्सयूभी ९ई’को ६५६ किलोमिटर रहेको छ। महिन्द्राले यी एसयूभीहरूमा लाइफटाइम ब्याट्री वारेन्टी प्रदान गरेको छ।

एमजी विन्डसर इभी: स्टाइल र सुविधा मिलेको प्याकेज

एमजी ब्रान्डको तर्फबाट पारामाउन्ट मोटर्सले ‘विन्डसर इभी’ नेपाल भित्र्याएको छ, जुन एक्साइट, एक्सक्लुसिभ र एसेन्स गरी तीन भेरियन्टमा उपलब्ध छ।

३८ किलोवाट आवरको ब्याट्री भएको विन्डसर इभीले सिंगल चार्जमा ३३२ किमी रेञ्ज दिन्छ। ७.४ किलोवाट एसी चार्जरबाट साढे ६ घण्टा र ५० किलोवाट डीसी चार्जरबाट ५५ मिनेटमै ८०% चार्ज गर्न सकिन्छ।

१०० किलोवाट मोटर पावरसहित गाडीले १३४ बीएचपी र २०० एनएम टर्क उत्पादन गर्छ। ४२९५ मिमी लामो र २७०० मिमी ह्वीलबेस भएको यो गाडीले पाँच जनालाई सहज सिटिंग सुविधा दिन्छ। यसको ६०४ लिटर बूट स्पेस, क्रुज कन्ट्रोल, अटो क्लाइमेट कन्ट्रोल, र ६ एयरब्याग जस्ता विशेषताले थप सुरक्षात्मक बनाएको छ।

नयाँ बीवाइडी ‘सिलायोन ७’ र फोर्थिङ ‘फ्राइडे एसयूभी’

साइमेक्स इन्कले बीवाइडीको नयाँ मोडल ‘सिलायोन ७’ नेपाल भित्र्याएको छ, जसले बीवाइडीको अत्याधुनिक प्रविधि र डिजाइन प्रस्तुत गर्छ।

त्यस्तै, चिनियाँ ब्रान्ड फोर्थिङको ‘फ्राइडे एसयूभी’ लक्ष्मी ई–मोबिलिटीले नेपाल भित्र्याएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *