Date

शनि, जेष्ठ १७, २०८२
Sat, May 31, 2025

आर्थिक सल्लाहकार र विज्ञविनै अर्थमन्त्री पौडेलको बजेट तयारी, कर्मचारीमा भर परेर बनेको आर्थिक दस्तावेज

आर्थिक सल्लाहकार र विज्ञविनै अर्थमन्त्री पौडेलको बजेट तयारी, कर्मचारीमा भर परेर बनेको आर्थिक दस्तावेज

काठमाडाैं, १४ जेष्ठ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयार गर्ने क्रममा अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य समस्याका कारण राजीनामा दिएपछि जिम्मेवारी सम्हालेका अर्थमन्त्री बार्षमान पौडेलले आर्थिक सल्लाहकार र विज्ञहरूको सहयोगबिना बजेट तयार पारेका छन्।

स्रोतका अनुसार बजेट निर्माणमा आर्थिक नीतिगत परामर्श दिने विज्ञ र सल्लाहकार टोली नहुँदा अर्थ मन्त्रालयका कर्मचारी र केही सीमित सहायक टिममा मात्र निर्भर भएर बजेट तयार गरिएको हो। सामान्यतः अर्थमन्त्रीहरू बजेट तयारीका बेला निजी सल्लाहकार, आर्थिक नीति विज्ञ, पूर्वसचिव, पूर्वगभर्नर जस्ता अनुभवी व्यक्तिहरूको परामर्शमा बजेट तयारी गर्छन्। तर यो पटक पौडेलले त्यस्तो सल्लाहकार टोली बनाउन सकेनन्।

अर्थ मन्त्रालयभित्रका स्रोतहरू भन्छन्, ‘‘स्वास्थ्य समस्याका कारण अचानक जिम्मेवारी सम्हालेका अर्थमन्त्री पौडेलले सीमित समयमै बजेट बनाउनुपर्ने बाध्यता थियो। त्यसैले मन्त्रालयका सचिव, सहसचिव र अधिकृत स्तरका कर्मचारीको तयारीमा नै उनी निर्भर भए।’’

बजेटको प्राथमिकता, नीति र कार्यक्रम तय गर्ने क्रममा विभिन्न क्षेत्रका सरोकारवाला, उद्योगी–व्यवसायी, विज्ञ र संघसंस्थाबाट सुझाव संकलन गरिए पनि अन्तिम खाका तयार पार्ने जिम्मा कर्मचारीमाथि नै छोडिएको देखिन्छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *