Date

शुक्र, जेष्ठ १६, २०८२
Fri, May 30, 2025

नेप्से बुधबार दोहोरो अंकले उकालो, कारोबार रकम समेत वृद्धि

नेप्से बुधबार दोहोरो अंकले उकालो, कारोबार रकम समेत वृद्धि

काठमाडाैं, १४ जेष्ठ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेर २,६९३.०६ बिन्दुमा पुगेको छ। नेप्से आज १७.४४ अंकले उकालो लागेको हो, जसले लगानीकर्तामा सकारात्मक संकेत दिएको छ।

आज कुल ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ६० लाख ४ हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन (मंगलबार) ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर किनबेच भई ६ अर्ब ५२ करोड ८७ लाख ३९ हजार रुपैयाँको कारोबार भएको थियो।

आजकाे बजारमा फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य उपसमूहका सूचक घटेका छन् भने बैंकिङ र विकास बैंक उपसमूह क्रमशः १.७५ र १.२७ प्रतिशतले उकालो लागेका छन्।

ओम मेगाश्री फार्मेसिकलको सेयरमा सकारात्मक सर्किट

आज ओम मेगाश्री फार्मेसिकलको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ, जुन आजको बजारको प्रमुख आकर्षण रह्यो। यस्तै, पियोर इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८५ प्रतिशत, भुगाेल इनर्जी डेभलपमेन्टको सेयर मूल्य ९.१५ प्रतिशत र अरुण कावेली पावरको सेयर मूल्य ६.५२ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, बुटवल पावर कम्पनीको सेयर मूल्य ५.८१ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.१८ प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ४.५५ प्रतिशत, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ४.२३ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.९६ प्रतिशतले बढेको देखिन्छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *