Date

बुध, जेष्ठ २१, २०८२
Wed, June 4, 2025

नेपाल एयरलाइन्सले तुल्सीपुरको तारिगाउँ विमानस्थलबाट नियमित उडान सेवा सुरु

नेपाल एयरलाइन्सले तुल्सीपुरको तारिगाउँ विमानस्थलबाट नियमित उडान सेवा सुरु

काठमाडाैं, १९ जेष्ठ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दाङको तुल्सीपुर–१२ स्थित तारिगाउँ विमानस्थलबाट नियमित उडान सेवा सुरु गरेको छ।

नेपाल एयरलाइन्स तुल्सीपुर शाखाका प्रमुख बलबहादुर सुनारका अनुसार यात्रुहरूको मागका आधारमा सप्ताहमा पाँच दिन उडान सेवा सञ्चालन गरिएको हो। उनका अनुसार बुधबार र शनिबार बाहेकका पाँच दिन विमान सेवा सञ्चालन भइरहेको छ।

तारिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरूलाई नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता थियो। अब भने नेपाल एयरलाइन्सको नियमित सेवा सुरु भएपछि यात्रुहरूलाई सहज हुने अपेक्षा गरिएको छ।

हाल विमानस्थलको धावनमार्ग (रनवे) छोटो भएकाले ठूला विमान अवतरण गर्न सक्दैनन्। हाल १९ सिट क्षमताको साना विमान मात्रै अवतरण गर्न सक्ने स्थिति छ। विमानस्थलको रनवे हाल ७५० मिटर लामो छ।

धावनमार्ग छोटो भएको र सुविधा सीमित भएको कारण लामो समयदेखि यस विमानस्थलको स्तरोन्नति र विस्तारको माग गर्दै आइँदै आएको छ।

तारिगाउँ विमानस्थल सन् १९५४ (विक्रम संवत् २०११) मा निर्माण गरिएको हो। नेपाल एयरलाइन्सको सेवा सुरु भएपछि स्थानीयबासी र दाङ क्षेत्रका यात्रुहरूलाई राहत पुग्ने विश्वास गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *