साेमबार सुनचाँदीकाे मूल्य स्थिर, छापावाल सुन १ लाख ८८ हजार ८ सयमा कारोबार

काठमाडाैं, १९ जेष्ठ । नेपाली बजारमा साेमबार सुनचाँदीकाे मूल्य स्थिर रहेकाे छ। आइतबार प्रतितोला ३०० रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहँदै त्यही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, साेमबार छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ मा कारोबार भइरहेको छ। हिजो आइतबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला १ लाख ८८ हजार १५० रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि आइतबारकै मूल्यमा स्थिर रहेको छ। साेमबार प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँ मा कारोबार भइरहेको छ।