Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

चोभार सुख्खा बन्दरगाहको शिलान्यास स्थगित

चोभार सुख्खा बन्दरगाहको शिलान्यास स्थगित

काठमाडौं, ३० साउन । विश्व बैंकको ऋण सहयोगमा निर्माण हुन लागेको चोभारस्थित सुख्खा बन्दरगाह (कन्टेनर फ्रेट स्टेशन) को शिलान्यास अप्रत्याशित रुपमा रोकिएको छ । आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कार्यको शिलान्यास गर्ने भनी सबै कार्यक्रम तय भैसकेको थियो । प्रधानमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको उपस्थितिमा शिलान्यास गर्ने भनी वाणिज्य सचिव चन्द्र कुमार घिमिरे लगायत, आयोजना कार्यान्वयन अनुगमन निकाय नेपाल इन्टरमोडल यातायात विकास समितिको टिम मंगलबार राती अबेरसम्म चोभारस्थित साइटमा नै थिए । तर अचानक बुधबार बिहान प्रधानमन्त्री उपस्थित हुन नसक्ने भन्ने सूचना आएपछि आजको सबै कार्यक्रम स्थगित गर्नुपरेको वाणिज्य मन्त्रालय स्रोतले जनाएको छ ।
विश्व बैंकको २ करोड २० लाख अमेरिकी डलर ऋण सहयोगमा निर्माण हुने यो आयोजना जग्गा प्राप्तिमा लामो समय व्यतीत हुँदा निर्धारित समयभन्दा आयोजना ढिलो सुरु हुन लागेको हो । तर अझै यस आयोजनालाई तीव्रता दिन उच्च सरकारी नेतृत्व नै उदासीन देखिएको छ । विश्व बैंक सहयोगको नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत निर्माण गरिन लागेको दूरगामी महत्वको यो आयोजना आगामी एक वर्षमा कार्यान्वयन गर्ने गरी तीव्रता दिन लागिएको छ । विश्व बैंकले नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना आगामी वर्ष बन्द गर्न लागेको छ । साबिकको हिमाल सिमेन्टको १,०५४ रोपनी जग्गामध्ये २०० रोपनीमा सुख्खा बन्दरगाह निर्माण हुन लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x