नेपाली बजारमा सुनको मूल्य सामान्यरूपमा वृद्धि, चाँदी यथावत्

काठमाडाैं, २२ जेष्ठ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्यरूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला (हल्लमार्क) सुनको मूल्य तोलामा १९३,७०० रुपैयाँ पुगेको छ।
यसअघि बुधबार छापावाला सुनको मूल्य तोलामा १९३,२०० रुपैयाँ रहेको थियो। सोअनुसार सुनको मूल्य एकै दिनमा तोलामा ५०० रुपैयाँले बढेको हो।
चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जानकारी दिएको छ। बिहीबार चाँदीको मूल्य तोलामा २,०७५ रुपैयाँ कायम गरिएको छ, जुन बुधबारकै मूल्य हो।