Date

शुक्र, जेष्ठ २३, २०८२
Fri, June 6, 2025

‘टेक एण्ड पे’ को प्रावधान नसच्याए जलविद्युत आयोजनाका पावर हाउस बन्द गछौं : अध्यक्ष कार्की

‘टेक एण्ड पे’ को प्रावधान नसच्याए जलविद्युत आयोजनाका पावर हाउस बन्द गछौं : अध्यक्ष कार्की

काठमाडौ, २२ जेष्ठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बजेटमा ‘टेक एण्ड पे’ को प्रावधान नसच्याए पावर हाउस बन्द गर्ने चेतावनी दिएका छन् ।

बजेटमा सार्वजनिक टेक एण्ड पे र पीपीएको प्रावधानबिरुद्ध बिहीबार काठमाडौंमा भएको भेलामा अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले सडकमा आन्दोलन नगरि पावर हाउस बन्द गर्ने र बिजुली बन्द गर्ने सम्मको चेतावनी दिए ।

‘हामिले सडकमा आन्दोलन गर्न नसके पावर हाउस बन्द गर्ने अवस्था आउछ’ उनले भने ।

मुलुकमा ८०५ बिजुली उत्पादन गरेको निजी क्षेत्रलाई सरकारले सिध्याउन खोजेको उनले आरोप लगाए । उनले भने ‘उत्पादन गर्ने दिने होइन प्राधिकरण बन्द हुने अवस्था आउन सक्छ ।’

उनका अनुसार सरकारले उत्पादन र खपतको सन्तुलनमा मात्र आधारित भएर ‘टेक एन्ड पे’ विधिमार्फत विद्युत खरिद सम्झौता (पीपीए) गर्ने नीतिले दीर्घकालीन ऊर्जा विकासमा गम्भीर असर पार्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *