Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गत आर्थिक वर्षमा बैंकहरुको नाफा १८ प्रतिशतले बढ्यो

गत आर्थिक वर्षमा बैंकहरुको नाफा १८ प्रतिशतले बढ्यो

काठमाडौं, ३१ साउन । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको खुद नाफा १८ दशमलव ०८ प्रतिशतले वृद्धि भएको छ । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७४–७५ को अपरिस्कृत वित्तिय विवरण अनुसार, अहिलेसम्म वित्तिय विवरण प्रकाशित गरेका २७ बैंकहरुको नाफा आर्थिक वर्ष २०७३–७४ को ४२ अर्ब रुपैयाको तुलनामा ४९ अर्ब ७० करोड रुपैँया पुगेको छ । बैंकहरुले ऋणयोग्य रकमको अभावमा नाफा संकुचित हुने भने पनि ठूलो परिमाणमा नाफा आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ३५४ अर्ब रुपैँया निक्षेप संकलन गरी ३६९ अर्ब रुपैँया कर्जा प्रवाह गरेका थिए । निक्षेपको तुलनामा कर्जा प्रवाह उच्च हुँदा अधिकांश बैंकले नियामकीय कर्जा सीमा (जुन निक्षेप र प्राथमिक पुँजीको ८० प्रतिशत हुनुपर्छ) नाघेका थिए । यसका साथै बैंकहरुको स्प्रेडदर पनि तोकिएको पाँच प्रतिशतभन्दा उच्च थियो । मौद्रीक नीति सार्वजनिक गर्ने क्रममा राष्ट्र बैंकले गत आर्थिक वर्षको ११ महिनामा बैंकहरुको निक्षेपतर्फ औसतभारीत ब्याजदर ५ दशमलव ८१ र कर्जाको औसत भारित ब्याजदर १२ दशमलव ४२ प्रतिशत रहेको विवरण सार्वजनि गरेको थियो ।
यद्यपि स्प्रेडदर उच्च हुँदा पनि र कर्जा निक्षेप अनुपातको सीमा उल्लंघन गर्दा पनि केन्द्रीय बैंकले बिना कुनै कारबाही बैंकहरुलाई नाफा आर्जन गर्न स्वतन्त्र छाडेको थियो । नियामकले आँखा चिम्लिदिदाँ बैंकहरुले एकहदसमम त्यसको फाइदा उठाएको उनीहरुको नाफाबाट पनि देखिन्छ । समीक्षा अवधिमा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, कृषि विकास बैंक र एभरेष्ट बैंक रहेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले वित्तिय विवरण प्रकाशित गरेको छैन । यद्यपि तेश्रो त्रैमाससम्मको विवरण हेर्दा राष्ट्रिय वाणिज्य बैंक बढी नाफा आर्जन गर्ने पहिलो पाँच बैंकको सूचीमा रहने सहजै अनुमान गर्न सकिन्छ ।
आर्थिक वर्ष २०७३–७४ को तुलनामा अर्ब माथि नाफा कमाउने बैंकहरुको संख्या २३ बाट २६ पुग्ने देखिएको छ । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुमध्ये वार्षिक एक अर्बभन्दा कम नाफा गर्ने बैंकहरुमा सिभिल बैंक र जनता बैंकमात्र रहनेछन् । जनता बैंकको नाफा पनि करिब एक अर्ब पुग्न लागेको छ । सिभिल बैंकले भने अझै धेरै मेहनत गर्नुपर्ने देखिएको छ ।
आर्थिक वर्ष २०७४–७५ मा बैंकहरुको खुद नाफा यसप्रकार रहेको छ
नबिल बैंक – ४ अर्ब पाँच करोड
नेपाल इन्भेष्टमेन्ट– ३ अर्ब ९६ करोड
नेपाल बैंक– ३ अर्ब ४० करोड
कृषि विकास बैंक – ३ अर्ब ७ करोड
एभरेष्ट बैंक – २ अर्ब ७० करोड
हिमालयन बैंक– २ अर्ब ४७ करोड
सिद्धार्थ बैंक– २ अर्ब ४५ करोड
स्ट्याण्डर्ड चार्टर्ड– २ अर्ब ७ करोड
ग्लोबल आइएमइ– एक अर्ब ९८ करोड
प्राइम बैंक – एक अर्ब ९४ करोड
नेपाल एसबीआइ – एक अर्ब ८८ करोड
सानिमा बैंक– एक अर्ब ८५ करोड
एनएमबी– एक अर्ब ८१ करोड
बैंक अफ काठमाण्डू – एक अर्ब ५४ करोड
सिटीजन्स – एक अर्ब ४० करोड
सनराइज– एक अर्ब ३१ करोड
माछापुछ«े– एक अर्ब २९करोड
एनआइसी एसिया – एक अर्ब १९ करोड
लक्ष्मी – एक अर्ब १७ करोड
कुमारी – एक अर्ब १४ करोड
प्रभु– एक अर्ब १२ करोड
एनबी– एक अर्ब ११ करोड
सेञ्चुरी– एक अर्ब १० करोड
एनसीसी– एक अर्ब ७ करोड
मेगा– एक अर्ब ४ करोड
जनता– ९३ करोड
सिभिल– ६४ करोड

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x