Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विना मापदण्ड अस्वाभाविक रुपमा करको भार थोपार्दै स्थानीय तह, विरोधमा जनता

विना मापदण्ड अस्वाभाविक रुपमा करको भार थोपार्दै स्थानीय तह, विरोधमा जनता

काठमाडौं, ३१ साउन ।  स्थानीय तहले मनपरी ढङ्गले कर असुली गर्न लागेपछि देशभर विभिन्न् स्थानीय तहका जनताहरु विरोधमा उत्रिएका छन् ।  उनिहरुले कुनै मापदण्ड बिनै मनपरी  कर  असुली तत्काल फिर्ता गराउन चौतर्फि दवाव बढाउदै लगेका छन् ।

बाँके कोहलपुर नगरपालिकाका केही वडा कार्यालयले घरजग्गाको मूल्याङ्नसँगै एकीकृत सम्पत्ति कर ३०० प्रतिशतले वृद्धि गरेपछि  कोहलपुर  नगरबासीहरु  केही दिन देखी आन्दोलनमा उत्रिएका  छन् ।मनोमानीरूपमा कर बढाएपछि विभिन्न वडाका स्थानीय बासिन्दाले नगरपालिकाकालाइ ध्यानाकषर्ण पत्र बुझाउदै तत्काल निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।सरकारी मूल्याङ्कनलाई ७० प्रतिशत आधार मानेर स्थानीय तहले ३० प्रतिशतसम्म कर बढाउन सक्ने व्यवस्था छ । तर वडा कार्यालयले ३०० प्रतिशतसम्म कर वृद्धि गरेको नगरबासीले बताएका छन् । यता नगरपालिकाले भने त्यस सम्वन्धमा नियम विपरीत भए पुन विचार हुन सक्ने बताएको छ ।

 यसै बीच स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

 अवैज्ञानिकरूपमा नगरवासीको ढाड सेक्ने गरी नगरपालिकाले गरेको कर वृद्धि तत्काल फिर्ता गरी वैज्ञानिकरूपमा कर निर्धारण गर्न माग गरेका उनीहरूले आफूहरू कर र विकासविरोधी नभएको तर जनताको सामाथ्र्यभन्दा बाहिर गएर जबर्जस्ती ढङ्गले कर वृद्धि गर्ने नगरपालिकाको यो कार्यको विरोध गरिएको बताएका थिए।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x