२३० यात्रु बोकेको एयर इन्डियाको विमान भारतमा दुर्घटना

काठमाडौं, २९ जेष्ठ ।भारतबाट ब्रिटेनका लागि उड्न लाग्दा एयर इन्डियाको दुर्घटनामा परेको छ । एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थाल नजिक दुर्घटना भएको हो ।
लन्डन ग्याटविक गन्तव्यका लागि उडेको एआई १७१ उडान नम्बरको विमान बिहीबार अहमदाबादमा दुर्घटनामा परेको हो ।
अहमदाबादको मेघाणी नगर क्षेत्रमा विमान खस्दा ठूलो आगलागी भएको पुष्टि गरिएको छ । एयर इन्डियाले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) खातामा दुर्घटनाको पुष्टि गर्दै भनेको छ, ‘अहमदाबाद–लन्डन ग्याटविक उडान एआई १७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ ।’
विमानमा २३० यात्रु र १२ चालक दलका सदस्य सवार रहेको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ । हालसम्म कति मानिस घाइते वा मृत भए भन्ने आधिकारिक जानकारी प्राप्त भएको छैन ।
एयर इन्डियाले थप विवरण संकलन भइरहेको र छिटो अर्र्को अद्यावधिक जानकारी दिने बताएको छ । घट्ना भएपछि नागरिक उड्डयन मन्त्री राम मोहन नायडू किंजरापुले व्यक्तिगत रूपमा स्थितिको अवलोकन गरिरहेका छन् ।