Date

आइत, असार १, २०८२
Sun, June 15, 2025

अपराध अनुसन्धानमा प्रविधि र प्रमाणमा आधारित प्रणालीको प्रयोग गर्न प्रधानमन्त्री ओलीको जोड

अपराध अनुसन्धानमा प्रविधि र प्रमाणमा आधारित प्रणालीको प्रयोग गर्न प्रधानमन्त्री ओलीको जोड

काठमाडाैं, ३० जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध अनुसन्धान र अभियोजन प्रक्रियामा प्रविधिको प्रयोग र प्रमाणमा आधारित प्रणालीको आवश्यकता औँल्याउँदै न्याय सम्पादनलाई प्रभावकारी बनाउन यस्ता उपाय आवश्यक रहेको बताएका छन्।

आज काठमाडौंमा आयोजित ‘तेस्रो राष्ट्रिय प्रहरी अनुसन्धानकर्ता तथा सरकारी अभियोजन सम्मेलन’ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तथ्यमा आधारित, पारदर्शी र निष्पक्ष प्रक्रिया आवश्यक रहेको उल्लेख गरे।

उनले भने, “अपराध अनुसन्धानमा पारम्परिक तरिकाले मात्र पुग्दैन, अब प्रविधि प्रयोग गरेर तथ्यमा आधारित अनुसन्धान गर्नुपर्ने समय आएको छ। अपराधीहरू पनि जटिल र प्रविधियुक्त तरिकाले अपराध लुकाउँछन्, त्यसैले प्रहरी पनि त्यस्ता प्रविधिले सुसज्जित हुनुपर्छ।”

प्रधानमन्त्री ओलीले सरकार कानून कार्यान्वयन निकायलाई आवश्यक स्रोतसाधन, दक्ष जनशक्ति तथा भौतिक पूर्वाधार उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए।

उनले अनुसन्धान प्रणालीलाई प्रभावकारी बनाइ पीडितको हकअधिकार सुनिश्चित गर्न र सबैलाई समान न्याय दिलाउन प्रणालीगत सुधार आवश्यक रहेकोमा जोड दिए।

सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले जवाफदेहिता, पीडितको अधिकार संरक्षण र न्यायिक सुधारमार्फत कानूनको शासन बलियो बनाउने कुरामा जोड दिए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *