Date

आइत, असार १, २०८२
Sun, June 15, 2025

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ तान्ने

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ तान्ने

काठमाडाैं, १ असार । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न आज असार १ गते ४० अर्ब रुपैयाँ तान्न लागिएको छ। राष्ट्र बैंकले यो रकम ४२ दिन अवधिका लागि निक्षेप संकलनमार्फत प्रणालीबाट तान्न लागेको हो।

राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। बोलकबोलमा सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र त्यसको पाँच करोडले भाग गर्दा आउने पूर्ण भागमा बोलकबोल गर्न सक्नेछन्। बोलकबोल निक्षेप संकलनको ब्याजदर मा हुनेछ भने बहुब्याजदर प्रणाली पनि लागू हुने राष्ट्र बैंकले जानकारी दिएको छ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्ग अन्तर्गतका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। यो उपकरण प्रयोग गरी बजारबाट बढी भएको तरलता नियन्त्रण गर्ने राष्ट्र बैंकको उद्देश्य रहेको छ।

यस निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज भुक्तानी आगामी असार १८ गते हुनेछ। ब्याजदर समेत बोलकबोलको आधारमा निर्धारण गरिनेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *