Date

मङ्ल, असार ३, २०८२
Tue, June 17, 2025

लक्जरी ईभीको नयाँ लाइनअपसँगै सेरेसको बिक्री दोहोरो अंकले बढ्याे

लक्जरी ईभीको नयाँ लाइनअपसँगै सेरेसको बिक्री दोहोरो अंकले बढ्याे

काठमाडौं, ३ असार । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५ को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल बिक्रीमा उल्लेखनीय वृद्धि हासिल गरेको छ।

कम्पनीले उक्त महिना ३१,४८८ वटा न्यू इनर्जी भेहिकल बिक्री गर्‍यो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशतले बढी हो।

चोंगकिङ लियाङजियाङ न्यू एरियामा रहेको यो अटोमोबाइल निर्माता कम्पनीले हुवावेसँगको सहकार्यमार्फत चीनको न्यू इनर्जी भेहिकल बजारमा बलियो उपस्थिति बनाएको छ। यसको प्रमुख मोडल एम९ मा अत्याधुनिक इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि समावेश गरिएको छ र यो मोडलले पहिले बीएमडब्ल्यू, मर्सिडीज-बेन्ज जस्ता लक्जरी इन्धन गाडीहरू चढेका ग्राहकहरूलाई आकर्षित गरेको छ। M9 ले ५००,००० युआन (लगभग ६९,४३५ अमेरिकी डलर) मूल्यको लक्जरी भेहिकल श्रेणीमा लगातार ११ महिनासम्म चीनको सेल्स चार्टमा अग्रस्थान कायम राखेको छ।

सन् २०२५ को पहिलो त्रैमासिकमा बिक्रीमा आएको कमीलाई विश्लेषकहरूले नयाँ मोडलमा रूपान्तरण भइरहेको ट्रान्जिसनसँग जोडेर हेरेका थिए। मार्चमा अपडेट गरिएको एम९ को सार्वजनिक वितरण र अप्रिलमा एम ८ को सुरुवातसँगै उपभोक्ताको चासो पुनःजागृत भएको छ र अब फेरि बिक्री वृद्धिको सम्भावना बलियो बनेको छ।

बिक्रीको तथ्यांकअनुसार, जनवरीमा बिक्री १२,४८३ युनिट थियो, जुन मार्चमा घटेर ५,२३६ मा झर्‍यो। तर एम९ को २०२५ संस्करणको पहिलो पूर्ण वितरण महिना अप्रिलमा यो पुनः बढेर १३,१४९ युनिट पुगेको छ।

अप्रिल १६ मा सार्वजनिक गरिएको एम८, एम७ र एम९ को बीचको मोडल हो। यसको मूल्य ३५९,८०० युआन देखि ४४९,८०० युआन सम्म तोकिएको छ। लिडार प्रविधि र हार्माेनिस ककपिट जस्ता उच्चस्तरीय सुविधा भएको यो मोडलले एम९ भन्दा करिब १,००,००० युआन सस्तो मूल्यमा लक्जरी र स्मार्ट फिचरहरू प्रदान गर्दछ। सार्वजनिक भएको केही साता भित्रै यसले ७०,००० भन्दा बढी प्री-अर्डर प्राप्त गर्नुले पनि उपभोक्ताको ठूलो उत्साह झल्काउँछ।

सेरेसको सन् २०२४ को वार्षिक प्रतिवेदन अनुसार, कम्पनीले २०२४ मा ४,२६,८८५ वटा न्यू इनर्जी भेहिकल बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १८२.८४ प्रतिशतले बढी हो। तर सन् २०२५ को पहिलो चार महिनाको ट्रेन्डलाई हेर्दा, गत वर्षको बिक्री स्तर कायम राख्नु चुनौतीपूर्ण देखिन्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *