Date

बिहि, असार १२, २०८२
Thu, June 26, 2025

द्वन्द्वग्रस्त इरानमा १६ नेपाली, ११ जना भारत हुँदै स्वदेश फर्काउने तयारी

द्वन्द्वग्रस्त इरानमा १६ नेपाली, ११ जना भारत हुँदै स्वदेश फर्काउने तयारी

काठमाडाैं, ९ असार । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलसँगको द्वन्द्वमा रहेको इरानमा १६ जना नेपाली नागरिक रहेको पुष्टि गरेकी छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले इरानमा रहेका नेपालीको अवस्था र उनीहरूको उद्धार प्रयासबारे जानकारी गराएकी हुन् ।

मन्त्री देउवाका अनुसार, इरानको मशहद भन्ने स्थानमा ११ जना नेपाली रहेका छन् भने बाँकी ५ जना अवैध रूपमा इरान प्रवेश गरेको आरोपमा कारागारमा छन् । उनले मशहदमा रहेका ११ जना नेपालीलाई भारत सरकारको सहयोगमा मंगलबारसम्म भारतीय उडानमार्फत भारत ल्याइने र त्यहाँबाट स्वदेश फर्काउने व्यवस्था मिलाइएको बताइन् । भारतले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपाली नागरिकलाई पनि सघाउने प्रस्ताव गरेपछि नेपालले त्यसमा सहमति जनाएको मन्त्री देउवाको भनाइ छ ।

उद्धार गरिनेमध्ये एकजना नेपालीको यात्रा कागजात नभएको र त्यसलाई जारी गर्ने प्रक्रिया चलिरहेको पनि उनले जानकारी दिइन् । कारागारमा रहेका ५ जना नेपालीको रिहाइका लागि पनि कूटनीतिक पहल भइरहेको परराष्ट्रमन्त्री देउवाले उल्लेख गरिन् ।

हालैका दिनमा इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा यस क्षेत्रमा रहेका नेपालीको सुरक्षा र उद्धार नेपाल सरकारको प्राथमिकतामा परेको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *