Date

बिहि, असार १२, २०८२
Thu, June 26, 2025

ऊर्जामन्त्रीको दाबी: जगदुल्ला जलविद्युत ठेक्कामा अनियमितता छैन

ऊर्जामन्त्रीको दाबी: जगदुल्ला जलविद्युत ठेक्कामा अनियमितता छैन

काठमाडाैं, ९ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले ठेक्का प्रक्रियामा मन्त्रालयको कुनै संलग्नता नरहेको र जगदुल्ला जलविद्युत कम्पनीले नै स्वतन्त्र रूपमा काम गरेको स्पष्ट पारे ।

मन्त्री खड्काले कम्पनीले कानुनबमोजिमको प्रक्रिया पूरा गरी छनोटमा परेका फर्महरूमध्ये सबैभन्दा कम बोलकबोल गर्ने कम्पनीलाई ठेक्का दिएको बताए । उनले ठेक्का नपाउनेहरूले गुनासो गरेको भन्दै मन्त्रालयले कुनै हस्तक्षेप नगरेको र टेन्डर प्रक्रिया अनलाइनमार्फत सम्पन्न भएको जानकारी दिए ।

यद्यपि, मन्त्रीको यस्तो स्पष्टीकरणका बाबजुद संसदीय सार्वजनिक लेखा समितिले भने यसअघि नै जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रक्रिया तत्काल रोक्न निर्देशन दिइसकेको छ । जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा चिनियाँ कम्पनीले नक्कली कागजात पेस गरेको लगायतका आरोपहरू सार्वजनिक भएका थिए ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *