Date

बिहि, असार १२, २०८२
Thu, June 26, 2025

नेप्सेमा सामान्य वृद्धि: ८.१३ अंकले बढेर २,६०४.११ विन्दुमा, कारोबार रकम ६ अर्ब ४७ करोड नाघ्यो

नेप्सेमा सामान्य वृद्धि: ८.१३ अंकले बढेर २,६०४.११ विन्दुमा, कारोबार रकम ६ अर्ब ४७ करोड नाघ्यो

काठमाडाैं, ९ असार । आज सोमबार नेपाली सेयर बजार (नेप्से) मा सामान्य वृद्धि देखिएको छ । नेप्से परिसूचक ८.१३ अंकले बढेर २,६०४.११ विन्दुमा पुगेको छ, जुन ०.३१ प्रतिशतको वृद्धि हो । बजार दिउँसो ३ बजे बन्द हुँदा कुल ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँको कारोबार भएको छ । यस अवधिमा कुल १ करोड ७५ लाख ८७ हजार ०३६ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

आज बजारमा १२३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १२४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । एक कम्पनीको सेयर मूल्य भने अपरिवर्तित रहेको छ ।

उपसमूहगत परिसूचकको अवस्था:

आज बैंकिङ उपसमूह १,३३२.३२ अंकमा पुगेको छ, जुन ४.७१ अंक (०.३५ प्रतिशत) को वृद्धि हो । विकास बैंक उपसमूह ५,२६४.४६ अंकमा झरेको छ, जुन ५.५८ अंक (०.१० प्रतिशत) को गिरावट हो ।

त्यसैगरी, फाइनान्स उपसमूह २,३५५.०५ अंकमा १६.०९ अंक (०.६८ प्रतिशत) ले बढेको छ । होटेल एन्ड टुरिज्म उपसमूह ६,७८४.४० अंकमा ५७.६६ अंक (०.८५ प्रतिशत) ले बढेको छ । हाइड्रोपावर उपसमूह ३,५४८.५३ अंकमा २३.०२ अंक (०.६५ प्रतिशत) ले बढेको छ । इन्भेष्टमेन्ट उपसमूह १०९.१३ अंकमा ०.३९ अंक (०.३५ प्रतिशत) ले बढेको छ ।

यता, लाइफ इन्स्योरेन्स उपसमूह १२,५२७.१८ अंकमा ३४.३१ अंक (०.२७ प्रतिशत) ले घटेको छ । म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ उपसमूह ७,००५.३७ अंकमा ४१.१७ अंक (०.५८ प्रतिशत) ले घटेको छ । माइक्रोफाइनान्स उपसमूह ४,६२२.१९ अंकमा ४.६० अंक (०.०९ प्रतिशत) ले बढेको छ । म्युचुअल फन्ड उपसमूह १९.०५ अंकमा ०.०६ अंक (०.३३ प्रतिशत) ले घटेको छ ।

नन लाइफ इन्स्योरेन्स उपसमूह ११,९६२.०२ अंकमा २१.७२ अंक (०.१८ प्रतिशत) ले घटेको छ । अदर्स उपसमूह २,२६५.८० अंकमा ४.७८ अंक (०.२१ प्रतिशत) ले घटेको छ । ट्रेडिङ उपसमूह ४,२१०.९८ अंकमा १११.८८ अंक (२.७२ प्रतिशत) को उल्लेख्य वृद्धि देखिएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *