Date

सोम, असार ९, २०८२
Mon, June 23, 2025

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा उद्यमीलाई छलफलमा बोलाइयो: ‘टेक एन्ड पे’ पीपीए विवाद समाधानको पहल

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा उद्यमीलाई छलफलमा बोलाइयो: ‘टेक एन्ड पे’ पीपीए विवाद समाधानको पहल

काठमाडाैं, ९ असार । जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) ‘टेक एन्ड पे’का आधारमा गर्ने बजेटको व्यवस्थाविरुद्ध आन्दोलनरत ऊर्जा उद्यमीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएका छन् ।

एक ऊर्जा उद्यमीले बिजमाण्डूसँग कुरा गर्दै प्रधानमन्त्रीको सचिवालयबाट ‘टेक एन्ड पे’ को विषयमा छलफल गर्न चाहेको सन्देश आएको र तयारी अवस्थामा रहन भनिए पनि समय भने निश्चित नभएको बताए ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत पीपीए ‘टेक एन्ड पे’का आधारमा गर्ने घोषणा गरेपछि ऊर्जा उद्यमीहरूले असार ६ गतेदेखि आन्दोलन गर्दै आएका छन् । उनीहरूले असार ६ गते नै प्रधानमन्त्री ओलीलाई भेटेर बजेटको उक्त व्यवस्था हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । सोही दिन प्रधानमन्त्री ओलीले ऊर्जा उद्यमीहरूलाई सोमबारसम्म छलफलमा बोलाएर विस्तृतमा कुरा सुन्ने आश्वासन दिएका थिए ।

ऊर्जा उद्यमीहरूले बजेटको उक्त व्यवस्थालाई लिएर अर्थमन्त्री विष्णु पौडेलमाथि ऊर्जा क्षेत्रलाई सिध्याउने ‘भाइरस’ बनेको आरोप समेत लगाएका छन् । ‘टेक एन्ड पे’ प्रावधानले उत्पादित विद्युतको निश्चित मात्रा सरकारले खरिद गर्नुपर्ने बाध्यता हटाउने र यसले जलविद्युत आयोजनाहरूको वित्तीय जोखिम बढाउने भन्दै ऊर्जा उद्यमीहरूले विरोध गर्दै आएका छन् ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *