Date

बिहि, असार १२, २०८२
Thu, June 26, 2025

कोशी प्रदेशका दुई उपमहानगरहरुमा इटहरीले ल्यायो बजेट, धरानमा विवाद कायमै

कोशी प्रदेशका दुई उपमहानगरहरुमा इटहरीले ल्यायो बजेट, धरानमा विवाद कायमै

इटहरी, ११ असार ।  सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/0८३ का लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख संगीता कुमारी चौधरीले मंगलबार नगरको १६ औं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् ।

उपमेयर चौधरीका अनुसार स्थानीय जनताको मागलाई सम्बोधन गर्दै इटहरीको समग्र विकासका लागि यो बजेट तर्जुमा गरिएको हो । बजेटमा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता दिइएको छ ।

नगरलाई आकर्षक बनाउने उद्देश्यले सडक सौन्दर्यकरण, रोड फर्निचर स्थापना, र पैदल यात्रुका लागि कोशी राजमार्गमा दुई आकासे पुल निर्माणको योजना समेटिएको छ ।

इटहरीमा बारम्बार देखिने बाढी तथा डुबान समस्या समाधान गर्न प्रकृतिमा आधारित मोडलबाट बाढी नियन्त्रणको योजना अघि सारिएको छ ।

इटहरीको यस वर्षको बजेट भने गत वर्षको तुलनामा १ अर्ब २ करोड रुपैयाँले घटेको हो । चालु आर्थिक वर्षमा इटहरीको बजेट ३ अर्ब ५७ करोड ८४ लाख रुपैयाँ थियो ।

उता, धरान उपमहानगरपालिकाले भने आन्तरिक विवादका कारण बजेट ल्याउन सकेको छैन । त्यहाँ मेयर उपमेयरको विवादका साथै सदस्यरुको असन्तुष्टिका कारण बजेट प्रस्तुतिमा अन्यौलता छाएको हो  ।

मेयर हर्कराज राई सामाजिक संजालमा लेख्छन् ‘आज असार १० ! आज नगरसभा उद्घाटन गर्नु पर्ने हुन्छ ! सो गरौँ भन्ने मेरो एजेण्डा सहितको २०८२–३–८ गतेको कार्यपालिका वैठकमा विषय प्रवेश अगावै ज्ञापनपत्र सहितको असहमति आएको कारण उद्घाटन गर्न सकिएन ! जय देश ! जय धरान !’

कोशी प्रदेशमा इटहरी र धरान गरि २ उपमहानगर रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *