Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

नेपाल राष्ट्र बैंकद्वारा बिहीबारको विदेशी विनिमय दर सार्वजनिक: डलरको भाउमा सामान्य गिरावट

नेपाल राष्ट्र बैंकद्वारा बिहीबारको विदेशी विनिमय दर सार्वजनिक: डलरको भाउमा सामान्य गिरावट

काठमाडाैं, २६ असार । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विभिन्न विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरको खरिददरमा सामान्य कमी आएको छ।

राष्ट्र बैंकले तोकेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३८ पैसा कायम भएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा थियो।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ०८ पैसा र बिक्रीदर १६० रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४४ पैसा कायम गरिएको छ।

अन्य प्रमुख मुद्राहरूमध्ये अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०० रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १८ पैसा र बिक्रीदर चार रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २१ रुपैयाँ ५५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४५ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ २८ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ८४ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *