Date

मङ्ल, साउन ६, २०८२
Tue, July 22, 2025

नबिल बैंकको ऋणपत्र बिक्री खुला, ब्याजदर कति ?

नबिल बैंकको ऋणपत्र बिक्री खुला, ब्याजदर कति ?

काठमाडौं, ६ साउन। नबिल बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गरेको हो ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिने भएको छ । बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने भएको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।

प्रतिऋणपत्र अंकित मूल्य एक हजार तोकिएको छ । यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा ११ लाख ४० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । ऋणपत्र साउन ९ गतेसम्म निष्काशनमा रहने भएको छ । यदि यो अवधिसम्म बिक्री नभएमा ढिलोमा साउन २० गतेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *