Date

मङ्ल, साउन ६, २०८२
Tue, July 22, 2025

नेप्से परिसूचक पाँच दिनको वृद्धि क्रममा थप वृद्धि, कारोबार रकम २० अर्बको नजिक

नेप्से परिसूचक पाँच दिनको वृद्धि क्रममा थप वृद्धि, कारोबार रकम २० अर्बको नजिक

काठमाडाैं, ६ साउन । मंगलबार नेप्से परिसूचक पुनः वृद्धि भएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सकारात्मक परिवर्तनको लहरलाई निरन्तरता दिएको हो।

आजको कारोबारमा नेप्से परिसूचक ८०.९७ अंकले बढेर २,९७३.७० विन्दुमा पुगेको थियो। यस दिन सेन्सेटिभ इण्डेक्स १४.४८ अंक, फ्लोट इण्डेक्स ५.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६६ अंकले बढेको थियो।

कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको थियो। सोमबारको १६ अर्ब ३२ करोडको कारोबारको तुलनामा आजको कारोबार रकम २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँ पुगेको थियो। यस दिन ३१९ स्टक को १ लाख ७७ हजार १०१ पटकको कारोबारमा ४ करोड ३५ लाख ८१ हजार कित्ता शेयर खरिद-बिक्री भएको थियो।

नेप्सेको यो वृद्धि संगै, आजको बजारमा तीन स्टक सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। ट्रेड टावर, शिवम् सिमेन्ट्स र सान्भि इनर्जीका शेयर सकारात्मक सर्किट लेभलमा पुगेका थिए। यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशतले र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९.५ प्रतिशतभन्दा बढी बढेको थियो।

त्यस्तै, मूल्य घटेका स्टकहरुको गिरावट भने ४ प्रतिशतभन्दा कम भएको थियो।

कारोबार रकमका आधारमा भने नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा माथि रहेको थियो। यस कम्पनीको ७१ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। त्यसैगरी, शिवम् सिमेन्ट्सको ६८ करोडभन्दा बढी कारोबार भएको थियो भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ५६ करोड नाघेको थियो।

यस दिन, १३ उपसमूह मध्ये सबैको परिसूचक वृद्धि भएको थियो। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत ले बढेको थियो। त्यस्तै, जीवन बीमा, लघुवित्त, होटल र पर्यटन, लगानी, र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतदेखि ४ प्रतिशतसम्मको वृद्धिमा रहेका थिए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *