Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

गरिबी निवारण बिमस्टेकको प्रमुख उदेश्य : ओली

गरिबी निवारण बिमस्टेकको प्रमुख उदेश्य : ओली

काठमाण्डौँ, १२ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) चौथो शिखर सम्मेलनमा नेपालले गरिबी निवारणलाई मुख्य विषय बनाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । मंगलबार संदनमा प्रधान मन्त्री ओलीले बिमस्टेक चौथो शिखर सम्मेलनको विषयमा संसद्लाई जानकारी गराउदै दिगो विकासको लक्ष्य प्राप्तीलाई पनि प्राथमीकतामा राखेको बताएका हन् ।
यही १४ र १५ भदौमा काठमाडौंमा हुने शिखर सम्मेलनले कनेक्टिभिटी, गरिबी निवारण, अन्तर क्षेत्रीय व्यापार तथा लगानी, जलवायु परिवर्तनलगायतका बिषयलाई प्राथमिकतामा राखेको पनि प्रधानमन्त्रीले संसद्लाई जानकारी गराए । त्यसमध्ये गरिबी निवारणको नेतृत्व नेपालले गर्दै आएको छ ।
बिमस्टेक सम्मेलनलाई औपचारीकताको रुपमा मात्र नलिएर क्षेत्रिय विकासका क्षेत्रिय पारिस्पारीकताका लागी एउटा प्रभावकारी संगठनको रुपमा अगाडी लैजानु पर्ने उहाँको भनाई छ । बिमस्टेक शिखर सम्मेलनमा १४ वटा क्षेत्रहरुले प्राभमिकता पाएका छन् । प्राथमिकता प्राप्त क्षेत्रहरुलाई बिमस्टेकका सदस्य राष्ट्रहरुको क्षेत्रगत रुपमा नेतृत्व रहेको छ । जस अन्र्तगत नेपालले गरिबी निवारणको क्षेत्रलाई प्रमुख रुपमा नेतृत्व गरेको छ । प्राथमिकता प्राप्त क्षेत्रहरुमा भारतले ४ वटा क्षेत्र, थाईल्याण्डले ३ वटा, बंगलादेश र म्यानमारले २÷२ वटा, श्रीलंक, भुटान र नेपालले १ ÷१ वटा क्षेत्रहरुको नेतृत्व गरिरहेको छन् । चौथो पटक सम्म बिमस्टेक शिखर सम्मेलनको अध्यक्षता रहेको नेपालले यो सम्मेलन पश्पात सम्मेलनको अध्यक्षता श्रीलंकालाई हस्तातरण गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x