Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

जापानीज पर्यटक बढाउन प्राध्यापक र विद्यार्थीसँग छलफल

जापानीज पर्यटक बढाउन प्राध्यापक र विद्यार्थीसँग छलफल

काठमाडौं, १३ भद्रौ । नेपाल पर्यटन बोर्डले ‘भिजिट नेपाल २०२०’मा जापानी पर्यटकको संख्या बढाउने विषयमा जापानी विश्वविद्यालयका प्राध्यापक एवं विद्यार्थीसँग छलफल गरेको छ ।सन् २०२० मा ७० हजार जापानी पर्यटक भित्र्याउने बोर्डको योजना छ ।

बोर्डले मंगलबार राजधानीमा जापानको रिक्यो विश्वविद्यालयका प्राध्यापक एवं विद्यार्थीहरुलाई नेपालको धार्मिक एवं सांस्कृतिक सम्पदाहरुकाबारेमा जानकारी दिँदै जापानी पर्यटक बढाउन चालिनुपर्ने उपायबारे छलफल गरेको हो ।

बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले जापानी पर्यटक भित्र्याउन जापानी विद्यार्थीहरुको भूमिका हुने भन्दै सहयोगका लागि आग्रह गरे । उनले विद्यार्थीहरुलाई नेपालको विश्वसम्पदा सूचीमा परेका स्थानहरुकाबारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा जापानी विद्यार्थीहरुले नेपालमा सरसफाइ र ट्राफिक नियम बलियो बनाउन सुझाव दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x