Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बिमस्टेकलाई नतिजामुखी बनाउनुपर्नेमा जोड

बिमस्टेकलाई नतिजामुखी बनाउनुपर्नेमा जोड

काठमाडौं, १३ भद्रौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) लाई नतिजामुखी बनाउनुपर्नेमा जोड दिएका छन् । आज बसेको बिमस्टेक समस्यको परराष्ट्रमन्त्रीहरुको बैठकमा उनले यस्तो बताएका हुन ।

बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरिरहेका मन्त्री ज्ञवालीले व्यापार तथा पारवहनलाई उच्च प्राथमकितामा राख्नुपर्ने बताए । समृद्धिका लागि देखिने गरिको उपलब्धी हासिल हुनुपर्ने उनले बताए । दिगो यातायात सञ्जाल, विद्युत प्रसारण लाइन अन्तरसञ्जाल र इन्फर्मेसन हाइवे जस्ता क्षेत्रमा सदस्य राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेको मन्त्री ज्ञवालीको भनाई थियो ।

मंगलबार बसेको १९ औं सचिवस्तरीय बैठकले विधुत प्रसारण लाइनसम्बन्धी सहमति पत्रलाई हस्तक्षारका लागि सिफारिस गरेको छ । मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि सहमति चौथो शिखर सम्मेलनमा प्रस्तुत गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x