Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बिमस्टेक सम्मेलन : सदस्य राष्ट्रसँग नेपालको अवौं व्यापारघाटा, व्यापार बिस्तार र लगानी प्रवद्र्धनमा केन्द्रित हुन सरकारलाई विज्ञहरुको सुझाव

बिमस्टेक सम्मेलन : सदस्य राष्ट्रसँग नेपालको अवौं व्यापारघाटा, व्यापार बिस्तार र लगानी प्रवद्र्धनमा केन्द्रित हुन सरकारलाई विज्ञहरुको सुझाव

दिलु कार्की

काठमाडौं, १३ भद्रौ । बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन काठमाडौंमा भोलीबाट सुरु हुदैछ । बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, थाईल्याण्ड, भुटान र म्यानमार सदस्य रहेका छन् ।

तर बिमस्टेकमा संलग्न ६ वटै देशसँग नेपालकोे व्यापारघाटा छ । गत आर्थिक बर्षमा सबै भन्दा बढी ब्यापार घाटा बिमस्टेकको सदस्य रहेको छिमेकी मुलुक भारतसंग छ । भारतसंग मात्र नेपालका गत आर्थिक बर्षमा ७ खर्ब ६४ अर्ब ३० करोड ५ करोड रुपैयाँको ब्यापारघाटा छ । भन्सार विभागको आयात, निर्यातको तथ्यांक अनुसार भारतबाट ८ खर्ब १० अर्ब ९० करोड ४८ लाख ६१ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ भने सोही अबधीमा नेपालबाट ४६ अर्ब ६० करोड ४८ लाख रुपैयाँ बराबरको सामान निर्यात गरेको छ ।

यसैगरी अर्को सदस्य मुलुक थाईल्याण्डबाट गत आर्थिक बर्ष १३ अर्ब १३ करोड ४९ लाख ८८ हजार रुपैयाँ सामान आयात भएको छ भने ३ करोड ६६ लाख ५५ हजार रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरि नेपाल थाईल्याण्डसंग १३ अर्ब १० करोड २३ लाख ३३ हजार रुपैयाँको ब्यापारघाटामा छ । बंगलादेशसंग पनि नेपालको ३ अर्ब ७० करोड ८० लाख १० हजार रुपैयाँ व्यापारघाटा रहेको छ । गत बर्षमा नेपालले १ अर्ब ८ करोड ३० लाख २४ हजार रुपैयाँको वस्तु निर्यात गर्दा ४ अर्ब ७९ करोड १० लाख ३४ हजार रुपैयाँको बस्तु तथा सेवा आयात गरेको हो ।

त्यस्तै बिमस्टेकका सदस्य मुलुकहरु मध्ये नेपालले सबै भन्दा कम वस्तु निर्यात म्यानमारमा गरेको छ । नेपालबाट म्यानमार तर्पm ९ लाख ५० हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुदाँ सोही अबधी नेपालले म्यानमारबाट ४ अर्ब ११ करोड ९४ लाख २१ हजार रुपैयाँ बराबरको सामान आयात गरि ४ अर्ब ११ करोड ८४ लाख ७१ हजार रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ ।

भुटानसंग १ अर्ब ५६ करोड १९ लाख ११ हजार रुपैयाँको व्यापार घाटा छ । भुटानबाट १ अर्ब ६३ करोड ७७ लाख ८४ हजार रुपैयाँको आयात गर्दा सोही अबधीमा निर्यात भने ७ करोड ५८ लाख ७२ हजार रुपैयाँ बराबरको मात्र गरेको छ। यसैगरि श्रीलंकाबाट ३० करोड ९६ लाख ६३ हजार रुपैयाँको सामान आयात गर्दा सोही अबधीमा ८९ लाख ५५ हजार रुपैयाँ बराबरको मात्र सामान निर्यात गरि ३० करोड ७ लाख रुपैयाँ व्यापारघाटा ब्यहोरेको छ।

बिमस्टेक शिखर सम्मेलनमा नेपालले गरिबी निवारण, स्वतन्त्र व्यापार विस्तार, उर्जा व्यापार, यातायात संजाल विस्तार जस्ता विषयलाई प्राथमिकताका साथ उठाउने बताएको छ । व्यापारघाटा न्युनिकरणका लागी सदस्य राष्ट्रहरुसंग स्वतन्त्र व्यापार क्षेत्रको विस्तार गर्ने सम्बन्धी सम्झौता गर्न सके नेपाललाई अझ फलदायी हुने सुझाव अर्थविद् डा. शंकर शर्माले दिएका छन् । सदस्य राष्ट्रहरु व्यापार बिस्तार र लगानीका सन्दर्भमा सकारात्मक रहेको भन्दै उनले यसबाट नेपालले धेरै उपलब्धी हासिल गर्नुपर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x