Date

बुध, साउन २१, २०८२
Wed, August 6, 2025

सुनको मूल्यमा एकैदिन ३४०० रूपैयाँको उछाल, चाँदी पनि महँगियो

सुनको मूल्यमा एकैदिन ३४०० रूपैयाँको उछाल, चाँदी पनि महँगियो

काठमाडाैं, १९ साउन । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ३४०० रुपैयाँले बढेर एक लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ।

गत शुक्रबार मात्र छापावाल सुन प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आजको मूल्य वृद्धिलाई हेर्दा सुन बजारमा फेरि तेजी आएको देखिन्छ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ। आजको बजारमा चाँदी प्रतितोला दुई हजार २५० रुपैयाँमा किनबेच भइरहेको छ, जुन शुक्रबार दुई हजार २३५ रुपैयाँ थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *